स्ट्याण्डर्ड चार्टर्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर ११ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ११ मंसिर । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १२ गते बुकक्लोज गर्ने भएकाे छ ।

लाभांश पाउनका लागि शेयरधनीहरूले आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्छ । यसरी कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा लिन र लाभांश पाउन याेग्य मानिनेछन्।

बैंककाे ३८ औँ साधारण सभा मंसिर २५ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा डाकिएकाे छ। सभा बिहान साढे ९ बजे बाेलाइएकाे हाे ।

सभाबाट ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनकाे रकमसहित १९ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित अनुमाेदन हुनेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने भएकाे छ।