गार्डियन माइक्रो लाइफले मंसिर १९ देखि आईपीओ जारी गर्ने

-



     सफल आवाज    
     मंसिर ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गर्ने बताएकाे छ। कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको जनाएकाे छ ।

कम्पनीले २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएकोमा १० प्रतिशतले हुने रुपैयाँ २ करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने भएकाे हाे ।

कर्मचारीहरुका लागि ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता शेयर रहेकाे छ। बाँकी रहने रुपैयाँ १८ करोड ४५ लाख बराबरको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरिने भएकाे छ।

आईपीओमा घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाइने भएकाे छ। यसमा वैदेशिक रोजगारीमा गएकाहरुले पुस ३ गतेसम्म आवेदन दिन पाउनेछन्।

वैदेशकि रोजगारीमा गएका नेपालीहरुले सेबाेनबाट स्वीकृती लिएका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरु र मेरो शेयर अनलाईनबाट आवेदन दिन पाउनेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।