सुनको भाउ दिनदिनै घट्दै, आज २६ सयले गिरावट

-



     सफल आवाज    
     मंसिर ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ आज पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २६ सयले गिरावट भएको छ । चाँदीमा रुपैयाँ २५ ले घटेको छ ।

छापावाल सुनमा रुपैयाँ २६ सयले घटेर तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २५ ले घटेर तोलाको १ हजार ८ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।