आज सुन तोलामा ९ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     मंसिर १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ मंसिर । साताको सुनचाँदीको कारोबार हुने चौथो दिनज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ रुपैयाँ ९ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ९ सयले बढेर तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।