मिथेन ग्यास नियन्त्रणका लागि गाइवस्तुको चमत्कारिक उपचारको खोजी गर्दै वैज्ञानिक

-



     सफल आवाज    
     मंसिर १३ गते २०८१ मा प्रकाशित



डेभिस, संयुक्त राज्य अमेरिका, १३ मङ्सिर । गाईको पेटबाट निस्किने मिथेन ग्यास नियन्त्रणका लागि चमत्कारिक उपचारको विकल्प वैज्ञानिकहरूले खोजेका छन् । एक अमेरिकी वैज्ञानिकले दुई महिनाको थिङ १ नामक बाच्छोको मुखबाट पेटसम्म एउटा लामो नलीलाई पठाएर बस्तुको पेटमा उत्पादन हुने शक्तिशाली हरितगृह ग्याँस (मिथेन) नियन्त्रणका लागि एक अनुसन्धान बढाएका छन् ।

युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभिसका विद्यावारिधीको अनुसन्धानकर्ता पाउलो डे मेओ फिल्होले गाईको आन्द्राको ब्याक्टेरियालाई कम वा कुनै मिथेन उत्सर्जन गर्ने गरी एक गोली विकास गर्ने महत्वाकाङ्क्षी प्रयोगको हिस्साका रूपमा अनुसन्धानलाई अघि बढाएका हुन्। जीवाश्म ईन्धन उद्योग र केही प्राकृतिक स्रोतहरूले मिथेन उत्सर्जन गर्दछ।

गाईवस्तुको पेटबाट हसने उत्सर्जनको मात्राको कारण पशु पालन पनि एक प्रमुख जलवायु चिन्ता बिषय बनेको छ । युसी डेभिसका पशु विज्ञानका प्राध्यापक इर्मियास केब्रेबले भने, “हामीले अहिलेसम्म गरेको (विश्वव्यापी) तापक्रममा भएको वृद्धिको लगभग आधा हिस्सा मिथेनका कारण भएको छ।” जलवायु परिवर्तनमा कार्बन डाइअक्साइडपछि मिथेन दोस्रो सबैभन्दा बढी प्रभाब पार्ने तत्व हो ।

यो कार्बन डाइअक्साइडभन्दा छिटो बिग्रन्छ तर अधिक शक्तिशाली छ। केब्रेबले भने, “मिथेन वायुमण्डलमा करिब १२ वर्षसम्म रहन्छ भने कार्बन डाइअक्साइड सदियौँसम्म कायम रहन्छ।” “यदि हामीले अहिले नै मिथेन घटाउन थाल्यौँ भने तापक्रममा यसको धेरै छिटो प्रभाव देख्न सक्छौँ। आंशिक रूपमा पचाइएको खाना भएको पेटको पहिलो भागबाट फिल्होले थिङ १ को रुमेनबाट तरल पदार्थ निकाल्न ट्यूबको प्रयोग गरछन्।

रुमेन तरल पदार्थको नमूना प्रयोग गरेर वैज्ञानिकहरूले हाइड्रोजन, जसलाई गाईले पचाउँदैन तर यसको साटो बाहिर निस्कन्छ, लाई मिथेनमा रूपान्तरण गर्ने सूक्ष्मजीवाणुहरूको अध्ययन गरिरहनुभएको छ । एउटा गाईले वार्षिक करिब २२० पाउन्ड (१०० किलोग्राम) मिथेन ग्यास फ्याँक्छ।