
दमौली (तनहुँ), १५ मङ्सिर । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ का कृषकले मास बिक्री गरी एकैदिन रु आठ लाख ४० हजार आम्दानी गरेका छन् ।
उक्त वडाका खेउसिङ, भकुण्डी, मजुवा, डोडेका कृषकले उत्पादन गरेको मास शुक्रबार बिक्री गरेका थिए । आँबुखैरेनी ३ मा सञ्चालन गरेको हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए ।
उनका अनुसार उक्त मास प्रति किलो रु दुई सयमा विक्री गरेका छन् । हाटबजारमा २९ जना कृषकले मास बिक्री गरेका छन् । उनले भने, “त्यस वडाका कृषकहरु व्यावसायिक मास उत्पादनमा लागेका छन् । मासले बजार पाउँदा कृषक खुसी छन् ।” गाउँपालिकाले हाटबजारसम्म मास ढुवानीका लागि सवारी साधनको व्यवस्थापन गरिदिएको थियो ।
त्यस्तै मास उत्पादन गर्ने कृषकलाई प्रति किलो रु २५ अनुदान दिने व्यवस्था मिलाइएको प्रमुख केसीले बताए। हाटबजारमा मास बिक्री गरेर एउटा कृषकले बढीमा रु ६० हजारसम्म आम्दानी गरेका छन् । खेउसिङका कृषक चन्द्रबहादुर भुजेलले आफूहरुले उत्पादन गरेको मासले बजार पाउँदा यसखेतीतर्फ लाग्न हौसला मिलेको बताए ।
उनले भने, “मासको ढुवानी पनि गाउँपालिकाले नै गरिदिएको छ । उत्पादनक आधारमा अनुदानको व्यवस्था पनि मिलाउँदा कृषकलाई सहज भएको छ ।” भकुण्डीका इश्वर गुरुङ, खेउसिङका इश्वर गुरुङ, मजुवाका मनबहादुर भुजेलले व्यावसायिक रुपमा मास खेती गरिरहेका छन् । आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले गाउँ–गाउँ पुगेर मास सङ्कलन गरी हाटबजारसम्म ल्याउन वडाले सहजीकरण गरेको जानकारी दिए ।
गाउँपालिकाले विगत एक वर्षदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने काम गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषि उपज विक्री वितरणका लागि प्रभावकारी थलोको रुपमा विकास भएको छ । हाटबजारमा प्रत्येक शुक्रबार कृषकले उत्पादन गरेका कृषि उपज वस्तु विक्री वितरणका ल्याउँछन् ।
उपभोक्ता पनि कहिले शुक्रबार आउँछ र ताजा कृषि उपज सामग्री आउछ भनेर कुर्छन् । हाटबजारमा स्थानीय मह, गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान लगायतका दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ । गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
चुमानका अुसार वार्षिक रु दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उनले बताए।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




