
काठमाडाैं, २१ मंसिर । एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी गर्ने भएकाे छ । यसका लागि दुबै कम्पनीबीच सम्झौता गरिएकाे छ ।
आवश्यक इक्विटी आवश्यकता पनि पूरा गर्नका लागि सम्झौताले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत् परियोजनाका लागि आवश्यक इक्विटीकाे आवश्यकता परिपूरणका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएकाे छ।
एनआईबीएल इक्विटी पार्टनर्स एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको छ । यसले जलविद्युत् परियोजनाहरूमा आर्थिक विकास र दिगो स्वच्छ ऊर्जा प्रवर्धनकाे काम गर्दै आएको छ। समझदारीपछि ऊर्जा सुरक्षामा योगदान र ऊर्जा निर्यातमा सघाउ पुग्ने विश्वास गरिएकाे छ ।
एनआईएमबी एस क्यापिटल प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले इलेक्ट्रो पावर कम्पनी लिमिटेडसँगको साझेदारीले नेपालको ऊर्जा सम्भावनामा सहयोग पुग्ने बताए । लगानीले स्वच्छ ऊर्जाकाे सम्भावना र निजी क्षेत्रको लगानीलाई आकर्षित गर्नेछ । साथै यसले अर्थतन्त्र र भविष्य ऊर्जा सुरक्षामा सकारात्मक प्रभाव पार्नेछ ।
इलेक्ट्रो पावर कम्पनीका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीले साझेदारीले निर्माण प्रक्रियालाई तीव्रता दिने बताए । उनले परियोजनाको विकासमा गति प्रदान गर्ने बताए ।
दुबै कम्पनीबीचकाे साझेदारीले नेपालको स्वच्छ ऊर्जा क्षेत्रमा बल पुग्ने र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यलाई टेवा पुग्ने बताइएकाे छ ।








कास्की, ८ मङ्सिर। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…
काठमाडौं, ८ मंसिर। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको…
महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको… 




