मुक्तिनाथ म्युचुअल फण्ड १-इकाईमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ मङ्सिर । मुक्तिनाथ म्युचुअल फण्ड १ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। मुक्तिनाथ क्यापिटल लिमिटेडले मंसिर २० गतेदेखि साे इकाईका लागि आवेदन खुलाएकाे थियाे ।

प्रतिइकाई १० रुपैयाँ अंकित दरले रुपैयाँ १ अर्ब बराबरको १० करोड इकाई बिक्रीका लागि खुला गरिएकाे थियाे । कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत, १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि रहेकाे छ ।

यस्तै २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडका लागि सुरक्षित गरिएकाे छ । बाँकी रहेकाे ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई रहेकाे छ ।

लगानीक गर्न चाहने लगानीकर्ताले घटीमा १०० इकाई । बढीमा १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ ।

फण्डको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेकाे छ। अवधि १० वर्षकाे रहेकाे छ । जाे मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन्छ ।