नेप्से ६.३२ अंकले घट्याे, ४ अर्ब ४१ करोडकाे काराेबार

-



     सफल आवाज    
     मंसिर २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ मंसिर । साताको शेयर कारोबार हुने तेश्रो दिन आईतबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा झरेको छ । नेप्सेमा ०.२३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.७५ अंकले घटेर ४५४.९१ विन्दुमा झरेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी रहेका ९ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३०३ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको ८७ लाख ६८ हजार ५६६ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २९० रुपैयाँ ८१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्राइन्स्ट्रक्टर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ७.६७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्राइन्स्ट्रक्टर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य घटेको छ ।