सुन तोलामा रु २ हजार बढ्यो, चाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     मंसिर २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ मंसिर । साताको सुनचाँदीको कारोबार हुने चाैथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ हजारले बढेको छ । चाँदीको भाउ मंगलबारकै कायम गरिएको छ ।

छापावाल सुनमा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेर तोलाको १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ९ सय २५ रुपैयाँमा नै कारोबार भएको थियो ।