लाभांश पारित गर्न साना किसान लघुवित्तले डाक्याे एजिएम

-



     सफल आवाज    
     पौष २ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २ पुस । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांशकाे प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे ।

लघुवित्त २३ औँ वार्षिक साधारण सभा पुस २३ गते कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान १० बजे बाेलाइएकाे छ।

सभामा हाल कायम रहेकाे चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र तथा कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांशसहित १४ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिने छ। यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परेमा त्यसकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालककाे नियुक्ति लगायतका प्रस्ताव अनुमाेदन गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुस १७ गते बुकक्लोज गर्ने जनाएकाे छ। लाभांश पाउन र सभामा भाग लिनका लागि लगानीकर्ताले पुस १६ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।