
काठमाडौं, ३ पुस । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजार नकारात्मक लयमा गएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.१६ अंकले घटेर २६२६.७० विन्दुमा झरेको छ । नेप्सेमा ०.२७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.७२ अंकले घटेर ४४९.९३ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । यसदिन ३१४ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको ८० लाख ७० हजार ७५६ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब २१ करोड २३ लाख ८३ हजार २५२ रुपैयाँ ११ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी जानकी फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको १४ करोड ९२ लाख १० हजार ५८० रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ ।










सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




