यी दुई कम्पनीको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

-



     सफल आवाज    
     पौष ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ पुस । आज दुईवटा कम्पनी, नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सी होटल्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ।

दुबै कम्पनीले साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि पुस ७ गते बुकक्लोज गर्ने बताएका छन्। लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि लगानीकर्ताहरुले आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंककाे ३१ औँ साधारण सभा पुस २१ गते बाेलाइएकाे छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।

सभाबाट ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजना लागि ६.८५ प्रतिशत नगद लाभांशसहित १०‍.६५ प्रतिशत लाभांश वितरणकाे विशेष प्रस्ताव अनुमाेदन गरिनेछ।

यस्तै सभामा मर्जर तथा एक्विजिशनकाे कार्य गर्नका लागि तथा प्रबन्धपत्र तथा नियमावली संशोधनकाे गर्ने कामकाे जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरु पेश हुनेछन् ।

तारागाउँ रिजेन्सी होटल्स

तारागाउँ रिजेन्सी होटल्सले २८ औँ साधारण सभा पुस २४ गते साधारण सभा डाकेकाे छ । सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाैमा पूर्वान्ह ११ बजे डकिएकाे छ।

सभाबाट ११ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । साथै सर्वसाधारण शेयरधनीहरुबाट एकजना सञ्चालक चयन गरिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने लगायतका एजेण्डाहरु पेश गरिने भएकाे छ ।