
काठमाडौं, ४ पुस । साताको शेयर कारोबार हुने अन्तिम तथा पाँचौ दिन बिहिबार नेपाली शेयर बजार राताम्मै भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा झरेको छ । नेप्सेमा १.१९ प्रतिशतले बृृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.३५ अंकले घटेर ४४५.७७ विन्दुमा रहेको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । यसदिन कुल ३१० कम्पनीहरुको शेयर खरिदबिक्री भएको छ । उनीहरुको ९८ लाख ३२ हजार ३०८ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४८३ रुपैयाँ ४८ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी जानकी फाइनान्स लिमिटेडको शेयर कारोबार भएको छ । फाइनान्सको १७ करोड ६० लाख ५४ हजार ६०३ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य घटेको छ । बैंकको शेयरमूल्य ९.२१ प्रतिशतले घटेको छ ।










सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




