महुली लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुला

-



     सफल आवाज    
     पौष ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ पुस । महुली लघुवित्त वित्तीय संस्थाकाे एफपीओमा आज आजदेखि आवेदन खुल्ला भएकाे छ ।

लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ खुलाएकाे हाे । यसका लागि लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । 

आवेदन दिने मिति पुस ९ गतेसम्म ताेकिएकाे छ । सो मितिसम्म पूरा आवेदन नपरेमा पुस १९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्तले घटपीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । 

लगानीकर्ताले सिआस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट शेयर भर्न सक्छन् । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।