नेपाल हाइड्रो डेभलपरको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

-



     सफल आवाज    
     पौष ७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ७ पुस । नेपाल हाइड्रो डेभलपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साेमबार बुकक्लोज गर्ने भएकाे छ।

लाभांश पाउन याेग्य हुनका लागि लगानीकर्ताहरूले आजसम्म नेप्सेमा शेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरू मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।

कम्पनीकाे १८ औँ साधारण सभा पुस २५ गते, लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।

सभाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत लाभांशसहित ८.०४२ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ ।

यस्तै सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनकाे अख्तियारी दिने संचालक समितिलाइ दिनेछ र लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।