आज शेयर बजार, बैंक तथा वित्तीय संस्थाकाे कारोबार बन्द

-



     सफल आवाज    
     पौष १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ पुस । आज शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द भएका छन् । पुस १५ गते आज साेमबार सरकारले तमु ल्होछारको सार्वजनिक विदा दिएको छ ।

सार्वजनिक बिदाकाे कारण शेयर बजार, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका हुन्।

बिदापछि मंगलबार पुस १६ गते कार्यालयमा काम तथा वित्त बजारकाे काराेबार खुला हुनेछ ।