
म्याग्दी (बेनी), १५ पुस । म्याग्दी सरदमुकाम बेनीमा आयोजना हुन लागेको आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलामा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणलाई प्राथमिकता दिइने भएको छ ।
महोत्सव मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले जिल्लामा उत्पादन भएका बस्तु तथा सामग्रीलाई बिक्री वितरण तथा प्रचारप्रसारका लागि प्रदर्शनीमा राख्न निःशुल्क स्टलको व्यवस्था गरेको हो ।
यही पुस २८ देखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा वन, कृषि र लघुउद्यमसम्बन्धी स्थानीय उत्पादनका सामग्रीको व्यापार र प्रदर्शनीका लागि २३ वटा स्टल र हरेक जिल्लाका छ वटै स्थानीय तहलाई एक÷एक वटास्थल उपलब्ध गराइएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
‘‘महोत्सवबाट स्थानीय उत्पादनको व्यापार प्रवद्र्धन र प्रचारप्रसारमा सघाउन निःशुल्क स्टलको व्यवस्था गरेका छौँ, स्थानीय तहहरुले समेत आ–आफ्नो पालिकाभित्रको सम्भावनाको उजागर हुने बस्तु तथा सामग्रीलाई प्रदर्शनीमा राख्ने तयारी गरेका छन्, बढी भन्दा बढी जिल्लाभित्रको उत्पादनको बिक्री तथा प्रचारप्रसार होस् भन्ने हामीले चाहेका छौँ’’–अध्यक्ष श्रेष्ठले भने ।
महोत्सवमा कृषि र पशुजन्य उत्पादनका साथै लघुउद्यमसम्बन्धी स्थानीय उत्पादनका सामग्री बिक्री र प्रदर्शनीमा राखिने छ । महोत्सव सञ्चालन हुने बेनीको खुलामञ्चमा राखिने एक सय ३३ वटा व्यावसायिक स्टल, २२ वटा होटलका स्टलसमेत बुकिङ भइसकेको सङ्घले जनाएको छ ।
महोत्सवमा विद्यालयको नवप्रवद्र्धन र विज्ञान प्रदर्शनीका लागिसमेत सातवटा स्टल निःशुल्क उपलब्ध गराउने तयारी गरिएको छ । विभिन्न व्यापारिक स्टलका लागि नाम टिपाएका ६० जना बढीलाई ठाउँ अभाव भएको र खुलामञ्च नजिकै रमाइलो मेला सञ्चालन हुने क्षेत्रमा समेत थप स्टल बनाउने तयारी गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




