सुन चाँदीको मूल्यमा गिरावट

-



     सफल आवाज    
     पौष १६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १६ पुस। सुनको मूल्यमा आज गिरावट आएको छ। अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज एक्कासी घटेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।  

सुनकाे मूल्यमा गिरावट आएसंगै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।