नेप्सेमा ३३.०८ अंकको गिरावट, ५ अर्ब ६७ करोडको कारोबार

- प्रभु बैंक कारोबारमा अब्बल

-



     सफल आवाज    
     पौष १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ पुस । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमामा दोहोरो अंककको गिरावट भएको छ । एउटा बाहेक सबै उपसमूहहरु राताम्मै भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.०८ अंकले घटेको छ । नेप्सेमा १.२६ प्रतिशतले गिरावट भई २५७६.५० विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ४.२८ अंकले घटेर ४४४.७१ विन्दुमा रेहेको छ ।

१३ वटा उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरु राताम्मै भएका छन् । यसदिन कुल ३०८ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ३१ लाख ७४ हजार ३९७ कित्ता शेयरको कारोबारबाट ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१ रुपैयाँ ४९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी प्रभु बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ३५ करोड ९४ लाख ९२ हजार ३४ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै ११ प्रतिशत एनआईसी एशिया डिबेन्चर ०८२-८३ को शेयरमूल्य बढेको छ । सो शेयरमूल्य ६.१० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।