गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे शेयरमा ३.४३ गुणा बढी आवेदन पेश

-



     सफल आवाज    
     पौष २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे शेयर (आईपीओ) खुलेकाे दिनमै आईतवार ३.४३ गुणा बढि आवेदन पेश भएकाे यद्यपि आवेदन दिने अवधि पुस २४ गतेसम्म रहेकाे छ ।

आज बिहानसम्म आईपीओमा ४ लाख ४५ हजार ५६९ जनाले आवेदन दिइसकेका छन्। सीडिएस एण्ड क्लियरिङ लिमिटेडले ६३ लाख ३० हजार ८०० कित्ता शेयर माग गरेकाे जनाएकाे छ ।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशनकाे अनुमति पाएका थियाे । यसमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिए हो।

शेयरमा घटीमा १० तथा बढीमा एक लाख कित्ताका लागि आवेदन दिन पाइनेछ।