काठमाडौं, २४ पुस । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजार सकारात्मक देखिएको छ । नेप्सेमा भएको सामान्य सुधारले लगानीकर्ताहरुलाई अब बजार स्थिर हुन्छकि भन्ने आशा जगाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा पुगेको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.०१ अंकले बढेर ४५१.५० विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ६ वटामा हरियो लागेको छ । बाँकी रहेका ७ वटामा रातो लागेको छ । कुल ३०५ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता शेयरको कारोबारबाट ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७८४ रुपैयाँ ११ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको २२ करोड ५३ लाख ४९ हजार ५९७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको
छ ।










सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




