सुनमा रु ८ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     पौष २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ पुस । साताको सुनचाँदीको कारोबार हुने पाँचा दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ८ सय तथा चँदीमा रुपैयाँ १० ले बढेको जनाएको छ ।

छापावाल सुनमा रु यसदिन रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।