सुनमा रु १६ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     पौष २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १६ सय तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको हो ।

छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुनतोलाको १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा तोलामा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।