
काठमाडौं, २८ पुस । राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट तरलता खिच्न कार्य जारी राखेकाे । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार रुपैयाँ ४० अर्ब रुपैयाँ खिच्न लागेकाे हाे ।
केन्द्रीय बैंकका अनुसार निक्षेप संकलन उपकरण जारी गरेर २१ दिनका लागि रुपैयाँ ४० अर्ब खिच्न लागिएकाे हाे । बैंकहरुमा अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेकाेले निक्षेप संकलन उपकरण जारी गरेर तरलता खिच्न लागिएकाे जनाइएकाे छ ।
राष्ट्र बैंकले निक्षेप राख्न चाहने बैंकहरुले आज दिउँसाे २ बजेसम्ममा आवेदन दिन पाउने जानकारी गराएकाे छ । यसमा घटीमा १० करोड तथा बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने कुल आव्हान रकमसम्म आवेदन दिन पाइनेछ । यसको साँवा र ब्याज माघ २० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले यसमा सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा राखिने जनाएकाे छ हाल बैंकहरुले कर्जामा लगानी बढाउन सकेका छैनन् । यसैकाे कारण लगानीयोग्य रकम थुप्रिएको छ। प्रणालीकाे तरलता सन्तुलनका लागि राष्ट्र बैंकले निरन्तर तरलता खिचिरहेकाे छ ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




