नेपाल माइक्रो इन्स्योरेन्सकाे माघ ८ गतेदेखि आईपीओ आउँदै

-



     सफल आवाज    
     पौष २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ पुस । नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि शेयर (आईपीओ) खुलाउने भएकाे छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेकाे हाे ।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनकाे अनुमति पाएको थियो। त्यसमा २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि जारी गर्न लागि हो।

कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरिने भएकाे छ।

लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । शेयरमा वैदेशिक रोजगारीमा गएकाहरुले माघ २२ गतेसम्मआवेदन दिन पाउनेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धककम एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।