
चीन र रुसबीच गत वर्ष व्यापार रेकर्ड उचाइमा पुगेको सोमबार सार्वजनिक भएको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले मस्कोमाथि पश्चिमी प्रतिबन्धहरू हुँदाहुँदै पनि दुई देशबीचको बलियो आर्थिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।
चीनको भन्सार प्रशासन महाशाखाले प्रकाशित गरेको तथ्याङ्कअनुसार सन् २०२४ मा रुससँगको कूल आयात र निर्यात दुई खर्ब ४४ अर्ब ८० करोड डलर पुगेको छ । यो सन् २०२३ को दुई खर्ब ४० अर्ब १० करोड डलरको तुलनामा केही बढी हो । गत वर्षको वृद्धिले ठूला छिमेकी देशहरू बीचको व्यापारलाई ऐतिहासिक उच्च विन्दुमा पु¥यायो ।
यद्यपि यो अघिल्लो वर्ष रेकर्ड गरिएको २६ दशमलव तीन प्रतिशतको वार्षिक वृद्धिभन्दा निकै कम थियो । सन् २०२२ को सुरुमा रुसले युक्रेनमा आक्रमण गरेपछि बेइजिङ र मस्कोबीचको राजनीतिक र आर्थिक सम्बन्ध गहिरो भएको छ । उक्त सम्बन्धलाई राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूबाट व्यापक आलोचना गरिएको छ र उनीहरूले प्रतिक्रियामा कडा प्रतिबन्धहरू लागू गरेका छन् ।
चीनले सङ्कटमा आफूलाई तटस्थ पक्षको रूपमा राख्न खोजेको छ र मस्कोको आक्रमणको निन्दा गर्न बारम्बार अस्वीकार गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा दुवै मुलुक ‘गुटनिरपेक्षताको सही मार्गमा निरन्तर हात मिलाएर अगाडि बढेका छन्’ भने।
यसैबीच सन् २०२४ मा विश्वको शीर्ष दुई अर्थतन्त्र चीन र अमेरिकाबीचको व्यापार तीन दशमलव सात प्रतिशतले बढेर छ खर्ब ८८ अर्ब ३० करोड डलर पुगेको चिनियाँ भन्सार तथ्याङ्कले देखाएको छ । आफ्नो पहिलो कार्यकालमा चीनमाथि व्यापक शुल्क लगाउने अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालमा अर्को हप्ता सुरु हुने गरी अझ बढी आक्रामक व्यापारिक कदमहरूको धम्की दिएका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




