आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     माघ १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १५ ले घटेको जानकारी गराएकाे छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।