ट्रम्पको धम्कीपछि निर्वासित नागरिकलाई स्वीकार गर्न कोलम्बिया सहमत

-



     सफल आवाज    
     माघ १४ गते २०८१ मा प्रकाशित



वासिङ्टन, १४ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामूहिक निर्वासन योजनाको अवज्ञालाई सजाय दिन पीडादायी शुल्क लगाउने धम्की दिएको केही घन्टापछि कोलम्बिया आइतबार अमेरिकी सैन्य विमानमा पठाइएका निर्वासित नागरिकहरूलाई स्वीकार गर्न सहमत भएको छ ।

कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेत्रोले यसअघि नागरिक विमान जस्ता ‘सम्मानजनक’ माध्यमबाट मात्र नागरिकहरूलाई फिर्ता लिने बताएका थिए । निर्वासित कोलम्बियालीहरू बोकेका दुई अमेरिकी सैन्य विमानहरूलाई फिर्ता पठाएका थिए।

कार्यालयमा फर्केको एक हप्ता नबित्दै ट्रम्पले रिसाउँदै ल्याटिन अमेरिकाको चौथो ठूलो अर्थतन्त्र कोलम्बियाविरुद्ध २५ प्रतिशतको प्रतिबन्ध लगाउने र छिट्टै ५० प्रतिशतसम्म बढाउने धम्की दिएका थिए।

पेत्रोले सुरुमा प्रतिकार गर्न खोजे र अमेरिकी उत्पादनहरूमा आफ्नै भन्सार महसुल लगाउने प्रयास गर्नुभयो तर अस्थिर आइतबारको अन्त्यसम्म उनी पछि हटे। कोलम्बियाका विदेशमन्त्री लुइस गिल्बर्टो मुरिलोले मध्यरातको पत्रकार सम्मेलनमा आफ्नो देशले ‘गतिरोध पार गरेको’ र फर्केका नागरिकहरूलाई स्वीकार गर्ने बताए।