एनएमबि बैंककाे संस्थापक शेयर बिक्रीमा

-



     सफल आवाज    
     माघ १८ गते २०८१ मा प्रकाशित



काठमाडौ, १८ माघ । एनएमबि बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । बैंकका अनुसार संस्थापक शेयरधनीहरुको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

बैंकले व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले शेयरमा आवेदन दिन सक्ने जनाएकाे छ । 

साे शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीहरुले आजदेखि ७ दिनभित्र एनएमबि क्यापिटल बालुवाटार, काठमाडौंमा आवेदन दिन सक्नेछन्।

विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि यसमा सर्वसाधारण लगानीकर्ताहरुले पनि शेयर गर्न पाउने गरी बिक्रीमा ल्याइएको हाे ।