आज सुनमा रु २३ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     माघ १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ माघ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २३ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ ३० ले बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ २३ सयले बढेर तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेकाे छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।