आज सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     माघ २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा सामान्य गिरावट भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेको छ भने चाँदीमा रुपैयाँ ५ ले घटेको छ ।

यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।