
काठमाडौं, २० माघ । सिंगटी हाइड्रो इनर्जीकाे विद्युत बिक्री आम्दानी बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १५३.८२ प्रतिशतले धेरै हाे ।
कम्पनीले यस आर्थिक वर्षको पुससम्म ४३ करोड ६७ लाख रुपैयाँ कमाएकाे छ। यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १५३.८२ प्रतिशतले धेरै हो। गएकाे वर्षमा कम्पनीकाे आम्दानी १७ करोड २० लाख रुपैयाँ थियो।
विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीलाइ नाफा भएकाे हाे । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा ४२ लाख रुपैयाँ ऋणात्मक रहेकोमा यस अवधिमा १४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८५ पैसा बढेकाे छ। नेटवर्थ १०९ रुपैयाँ २८ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे ५०.९५ गुणा रहको छ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा २६ करोड ९१ लाख रुपैयाँ रहेकाे छ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




