ओपनएआईद्वारा च्याटजिपिटीका लागि नयाँ ‘डिप रिसर्च’ टूल घोषणा

-



     सफल आवाज    
     माघ २१ गते २०८१ मा प्रकाशित



टोकियो, २१ माघ । चीनको डिपसिक च्याटबटले एआई क्षेत्रमा प्रतिस्पर्धा तीव्र पारेसँगै अमेरिकी टेक दिग्गज ओपनएआईले सोमबार टोकियोमा उच्च–स्तरीय बैठकहरू अघि ‘डिप रिसर्च’ नामक च्याटजिपिटी टूल सार्वजनिक गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता–एआई) को नवागन्तुक डिपसिकले सिलिकन भ्यालीलाई तरङ्गित पारेको छ ।

केहीले यसको उच्च कार्यसम्पादन र कथित कम लागतलाई अमेरिकी डेभलपरहरूका लागि जागरण आह्वान भनेका छन् । ओपनएआईको नयाँ टुलले ‘एउटा मानिसलाई धेरै घन्टा लाग्ने कामलाई दश मिनेटमै पूरा गर्छ ।’ यसको च्याटजिपिटीले सन् २०२२ मा जनचेतनामा जेनेरेटिभ एआईको उदयलाई अगाडि बढाएको थियो ।

“तपाईंले यसलाई एउटा प्रम्प्ट दिनुहोस् र च्याटजिपिटीले सयौँ अनलाइन स्रोतहरू खोज्ने, विश्लेषण गर्ने र संश्लेषण गरी अनुसन्धान विश्लेषकको स्तरको व्यापक प्रतिवेदन तयार गर्नेछ”, कम्पनीले विज्ञप्तिमा भन्यो । प्रत्यक्ष प्रसारण गरिएको भिडियोमा ओपनएआई शोधकर्ताहरूले कसरी उपकरणले जापानमा हिउँको छुट्टीका लागि स्की उपकरणहरू सिफारिस गर्न मद्दत गर्न वेब खोजी डेटालाई क्रन्च गर्न सक्छ भनेर देखाएका थिए ।

ओपनएआईका प्रमुख साम अल्टम्यानले ‘प्रो’ च्याटजिपिटी प्रयोगकर्ताहरूले महिनामा एक सय पटक पहुँच गर्न सक्ने गहन अनुसन्धान ‘गणना–गहन र ढिलो’ भएको बताएका थिए।