बिहिबार सुनचाँदीकाे भाउ स्थिर, तोलाको कति ?

-



     सफल आवाज    
     माघ २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार सुनचाँदीको भाउ बुधबारकै कायम भएको जनाएको छ ।

यसदिन छापावाल सुन तोलाको १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेके छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख ६६ हजार ९ सय रुपैयाँमा नै कारोबार भएका थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि स्तिर रहेर तोलाको १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ७५ रुपैयाँमा नै कारोबार भएको थियो ।