
बेरुत, लेबनान, २७ माघ । लेबनानले राष्ट्रपति निर्वाचन अवरूद्ध भएपछि कामचलाउ सरकारले सङ्कटग्रस्त देशको नेतृत्व गरेको दुई वर्षभन्दा बढी समयपछि नयाँ सरकार गठन भएको छ । राष्ट्रपति जोसेफ औनले ‘२४ जना मन्त्रीको सरकार गठन गर्ने’ आदेशमा हस्ताक्षर शनिबार गरे।
“राष्ट्रपतिले औनले ‘कामचलाउ प्रधानमन्त्री नजिब मिकातीको सरकारको राजीनामा स्वीकृत गरे’ र ‘प्रधानमन्त्री नवाफ सलामलाई सरकार गठनका लागि औपचारिक रूपमा जिम्मेवारी तोकेका छन्,” विज्ञप्तिमा भनिएको छ। दुई वर्षभन्दा लामो राजनीतिक गतिरोधपछि इजरायलसँगको युद्धमा सशस्त्र समूह हिजबुल्लाह कमजोर भएपछि पूर्व सेना प्रमुख औन राष्ट्रपति निर्वाचित हुनुभएको छ भने सलाम प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
नयाँ सरकारले वर्षौंको आर्थिक सङ्कटपछि अन्तर्राष्ट्रिय दातृ निकायहरूबाट अर्बौं डलर प्राप्त गर्न आवश्यक सुधारहरू कार्यान्वयन गर्ने, इजरायल–हिजबुल्लाहको कमजोर युद्धविरामको निरीक्षण गर्ने र युद्धग्रस्त देशको पुनर्निर्माण गर्ने चुनौतीपूर्ण कार्यको सामना गरिरहेको छ। उसले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएका सम्झौताको पुनरावलोकन गर्नुपर्ने छ र अर्को वर्ष हुने संसदीय निर्वाचनको तयारी पनि गर्नुपर्नेछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




