चन्द्रागिरी हिल्सकाे नाफा र प्रतिशेयर आम्दानीमा सुधार

-



     सफल आवाज    
     माघ २९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २९ माघ । चन्द्रागिरी हिल्सकाे नाफामा सामान्य बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ५.७८ प्रतिशतले बढेकाे हाे ।

पुस मसान्तसम्ममा कम्पनीले रूपैया ६ करोड ६४ लाख खुद नाफा कमाएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा तुलनामा ५.७८ प्रतिशत अर्थात रूपैयाँ ६ करोड २८ लाख हाे ।

कम्पनीको सञ्चालन आम्दानी ७.६५ प्रतिशतले घटेकाे छ । यसरी घटेर रूपैयाँ ४२ करोड २५ लाख रहेकाे छ। कुल आम्दानी ८.३१ प्रतिशतले घटेको छ । कुल खर्च भने ०.८२ प्रतिशतले बढेको छ। वित्तीय खर्च ३१.७७ प्रतिशतले घटेको छ। यसैकाे कारण खुद नाफा बढेकाे हो।

प्रतिशेयर आम्दानी सामान्य बढेको छ। याे आम्दानी ४७ पैसा बढेर ८ रुपैयाँ ६७ पैसा रहेकाे छ। नेटवर्थ ९९ रुपैयाँ ७३ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे १०१ रुपैयाँ ८४ पैसा रहेको छ।

कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख रहेकाे छ भने जगेडा कोषमा रूपैयाँ ४१ लाख ९५ हजार ऋणात्मक रहेको छ।