
काठमाडौं, ३० माघ । नेपाल टेलिकमकाे खुद नाफा घटेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको हाे।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीकाे खुद नाफा रूपैयाँ २ अर्ब ६३ करोड ५१ लाख रहेकाे छ । यो गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३२.९७ प्रतिशत थाेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले रूपैयाँ ३ अर्ब ९३ करोड खुद नाफा गरेकाे थियो।
कम्पनीको आम्दानी घटेपछि खुद नाफा घटेकाे हो। कम्पनीको आम्दानी १.४० प्रतिशतले घटेकाे छ । जाे घटेर रूपैयाँ १७ अर्ब ४९ लाख कायम भएकाे छ ।
कम्पनीको वित्तीय आम्दानी ३६.३० प्रतिशतले घटेकाे छ । यसकाे कुल आम्दानी ८.४० प्रतिशतले घटेको छ। वित्तीय खर्च ०.१९ प्रतिशतले घटेको छ।
प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४० पैसा घटेर २९ रुपैयाँ २८ पैसा भएकाे छ। पुस मसान्तसम्म प्रतिशेयर नेटवर्थ ५०६ रुपैयाँ ३४ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे ३०.३३ गुणा छ।
कम्पनीको चुक्ता पूँजी रूपैयाँ १८ अर्ब रुपैयाँ रहेको छ । यसकाे जगेडा कोषमा रूपैयाँ ७३ अर्ब १४ करोड रहेकाे छ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




