बलेफी हाइड्रोपावरकाे अवितरित हकप्रद लिलाम बिक्रीमा

-



     सफल आवाज    
     फागुन ५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ५ फागुन । बलेफी हाइड्रोपावर लिमिटेडले आजदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएकाे छ।

कम्पनीले १ बराबर १ काे रेसियाेमा शेयर निष्काशन गरेको हकप्रदमा आवेदन नपरी बाँकी रहेकाे हकप्रद शेयर लिलाम बढाबढ गरेर बिक्रीमा ल्याएकाे हाे ।

संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकईनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र लकईनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्तासहित जम्मा १७ लाख ९८ हजार ६५६ कित्ता अवितिरत शेयरकाे लिलाम बिक्री खुलाइएकाे हाे ।

यसमा इच्छुक लगानीकर्ताले फागुन १९ गतेभित्र बोलपत्र पेश दिन सक्नेछन् । शेयरकाे न्यूनतम मूल्य १०० रुपैयाँ रहेकाे छ। खरिदकर्ताले रू १ सयभन्दा बढी मूल्य राखेर शिलबन्दी बोलपत्र बुझाउनु पर्नेछ ।

यसका लागि घटीमा १०० कित्ताका लागि आवेदन दिन पाइनेछ । बढीमा १० अंकले भाग जाने संख्या वा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ।