
काठमाडाैं, ५ फागुन । ओम मेगाश्री फर्मास्यूटिकल्सकाे शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाएकाे थियाे ।
कम्पनीले रूपैयाँ १८ करोड बराबरको १८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा १० प्रतिशतले हुने रूपैयाँ १ करोड ८० लाख बराबरको १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि जारी गरेकाे हाे ।
यसमा ९० हजार कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । ५४ हजार कित्ता कर्मचारीहरुका लागि रहेकाे छ। बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारणका लागि खुलाइनेछ ।
लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। उनीहरूकाे सम्पूर्ण सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन्। साथै ‘मेरो शेयर’ अनलाईनबाट पनि आवेदन दिन सकिनेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




