
पाेखरा, ११ फागुन । कोरियाबाट फर्किएका ३ युवाले पोखरामा स्केटपार्क संचालन गरेका छन । रोजगारीको शिलशिलमा दक्षिण कोरिया पुगेका तीन जना युवा नेपाल फर्किएर पोखराको लेखनाथमा शनिबारदेखि स्केटपार्क संचालमा ल्याएका हुन्।
पर्वतको जलजला गाँउपलिकाका स्थायी घर भइ पोखरा बस्ने शिव जिसी र गोविन्द न्याैपाने र म्याग्दीको रघुगंगा गाँउपालिकाका सुधिर भण्डारीले पोखरा २६ अर्घाैंबजार भिमसेन मन्दिर नजिकै करिब १ करोडको लगानीमा स्केट पार्क संचालनमा ल्याएका हुन्। उनीहरुले पार्कसँगै खाजाघर पनि संचालन गरेका छ्न्।
एक कार्यक्रमका बिच प्रमुख अतीथी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले रिवन काटेर स्केट पार्कको उद्घाटन गरे । घरमै मोबाइलमा झुन्डिरहने बालबालिकालाई घरबाहिर ल्याउन र देशमै केही गराैँ भन्ने अभिप्रायले तिन साथी मिलेर स्केटपार्कमा लगानी गरेको संचालक शिव जिसीले बताए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




