
काठमाडौं, १४ फागुन । नेष्डो लघुवित्त वित्तीय संस्थाले लाभांशकाे प्रस्ताव पारित गर्नका लागि आगामी चैत्र १० गते साधारण सभा डाकेकाे छ । सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११.३० बाेलाइएकाे छ ।
कम्पनीले १४.७५ प्रतिशत बोनस सेयर तथा कर प्रयाेजना लागि ०.२५ प्रतिशत नगदसहित कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएकाे छ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय एजेण्डाहरूमाथि छलफल गरी अनुमाेदन गरिने भएकाे छ ।
सभाले लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक ताेक्ने छ । साधाररण सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गरिने भएकाे छ । लाभांश पाउन र सभामा भाग लिनका लागि शेयरभनीहरूले फागुन २७ गतेसम्म शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




