सुनको भाउ घट्यो, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     फागुन १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ ५ ले बढेको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।