सानिमा रिलायन्स लाइफ इन्स्याेन्सको लाभांश सुरक्षित् गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     फागुन २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ फागुन । सानिमा रिलायन्स लाइफ इन्स्याेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ ।

कम्पनीले लाभांश अनुमाेदन गर्नका लागि चैत्र ८ गते अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानेश्वर काठमाडौँमा पूर्वान्ह ११ बजे आठौँ साधारण सभा बाेलाएकाे छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको ९‍.२४८९ प्रतिशत लाभांश अनुमाेदन गर्न साधारण सभा बोलाएको हाे ।

सभामा हाल कायम रहेकाे चुक्ता पूँजीको १.२४८९ प्रतिशत बाेनस शेयर र त्यसकाे कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांशसहित ९‍.२४८९ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित अनुमाेदन हुनेछ ।

सभामा रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, खर्चहरु अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनकाे लागि कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पेश हुनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २६ गते भाेलि बुकक्लोज गरिने भएकाे छ। लाभांश पाउन र सभामा भाग लिनका लागि शेयरधनीहरुले फागुन २५ गते आज सम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।