सुनमा रु २२ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

-



     सफल आवाज    
     फागुन १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ फागुन । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २२ सयले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ ३० ले घटेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ २२ सयले घटेर तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले घटेर तोलाको १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेका छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।