जलवायु परिवर्तनको प्रभाव न्युनिकरणको मुख्य लक्ष्य हाँसिल गर्न चीन अझै सङ्घर्षरत

-



     सफल आवाज    
     फागुन १६ गते २०८१ मा प्रकाशित



बेइजिङ, १६ फागुन । चीनमा नवीकरणीय ऊर्जाको वृद्धि भए पनि कोइलाको प्रभाव कायमै रहेकाले उत्सर्जन निरन्तर बढिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनले सन् २०२४ मा जलवायु परिवर्तनको प्रमुख लक्ष्य हासिल गर्न नसकेको तथ्याङ्कले देखाएको छ ।

बेइजिङको राष्ट्रिय तथ्याङ्क विभागका अनुसार कार्बन डाइअक्साइड उत्सर्जन मापन गर्ने कार्बन तीव्रता सन् २०२४ मा ३.४ प्रतिशतले घटेको छ। यो देशलाई सन् २०२० देखि २०२५ सम्ममा कार्बन उत्सर्जनलाई १८ प्रतिशतले घटाउने चीनको लक्ष्यभन्दा निकै कम हो ।

तथ्याङ्कले सन् २०२४ मा पनि कुल कार्बन उत्सर्जनमा वृद्धि भइरहेको देखाएको छ । थिङ्क ट्याङ्क एम्बरका एशियाका लागि वरिष्ठ ऊर्जा विश्लेषक मुयी याङले चीनको औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन वृद्धिले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि तोकिएका कार्बन उत्सर्जन नियन्त्रणका लागि तय भएको लक्ष्यतर्फको प्रगतिलाई रोकेको बताए।

“तीव्र औद्योगिक वृद्धिले ऊर्जाको मागलाई तीव्र गतिमा वृद्धि गर्न प्रेरित गरेको छ जसले स्वच्छ ऊर्जा पूर्वाधारको निर्माणलाई उछिनेको छ,” उनले भने। “औद्योगिक उत्पादन वृद्धि सुनिश्चित गर्न ऊर्जा बजारमा लचकता बढाउने र स्वच्छ ऊर्जा पूर्वाधार थप्ने जस्ता सुधारहरू ‘दिगो ऊर्जा भविष्यको मूल्यमा आउँदैन’ भनेर सुनिश्चित गर्न आवश्यक छ,” उनले भने।