नेप्सेमा ७५.२४ अंकको उछाल, १४ अर्ब बढीकाे कारोबार

-



     सफल आवाज    
     फागुन १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ फागुन । लामो समयपछि नेप्सेमा भारी अंकको बृद्धि देखिएको छ । कारोबार रकम पनि बढेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रकाशमा ल्याएपछि सकारात्मक बनेको शेयर सकारात्मक बनेको छ ।

मौद्रिक नीतिको प्रभावको कारण नै शेयर बजारले उकालोको यात्रा तय गर्नुको मुख्य कारण रहेको शेयर बजारमा जानकारहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्स परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको छ । नेप्सेमा २.६७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १४.४७ अंकले बढेर ४८४.३० विन्दुमा रहेको छ ।

१३ उपसमूहरुमध्ये एउटा बाहेक बाँकी रहेका १२ वटा उपसमूहहरुमा हरियाली छाएको छ । यसदिन कुल ३०२ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयरको कारोबार बाट १४ अर्ब २५ करोड ४ लाख ७५ हजार ७३६ रुपैयाँ ९५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको ९७ करोड ५३ लाख ७७ हजार ३३१ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।