सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्दै जेलेन्स्की र युरोपेली नेताहरू

-



     सफल आवाज    
     फागुन १९ गते २०८१ मा प्रकाशित



लण्डन, १९ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार संयुक्त राज्य अमेरिकासमक्ष प्रस्तुत हुने सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्न युरोपसँग काम गर्ने बताएका छन् ।

अनिश्चित अमेरिकी समर्थनको सामना गरिरहेको र रूसको तीन वर्षको युक्रेन आक्रमणबिरूद्ध महत्त्वपूर्ण क्षणमा भएको सप्ताहन्तको आकस्मिक वार्ताले १८ वटा मित्रराष्ट्रलाई एकै ठाउँमा भेला गराएको छ ।

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारका अगाडि जेलेन्स्कीलाई दिएको दवावले ट्रम्पले किएभलाई शान्ति सम्झौतामा बाध्य पार्न चाहेको आशङ्का बढेपछि युरोपेली नेताहरूले किएभको समर्थनमा मोर्चाबन्दी गरेका छन् ।

आइतबार सुरु भएको शिखर सम्मेलनले शान्तिको दिशामा काम गर्ने उनीहरूको प्रतिबद्धतालाई बलियो बनाएको जेलेन्स्कीले बताए। “हामीलाई अन्त्यहीन युद्ध होइन, शान्ति चाहिएको छ,” उनले युक्रेनीहरूले अत्यधिक मात्रामा प्रयोग गर्ने सामाजिक सञ्जाल टेलिग्राममा लेखेका छन् ।

“निकट भविष्यमा, युद्धविरामका लागि जुन रेखाहरू हामीले प्राप्त गर्नुपर्दछ र जुन लाइनहरूमा हामी सम्झौता गर्न सक्दैनौँ त्यसका लागि हामी युरोपेली नेताहरूले छलफल गरी वार्ताका लागि न्यूनतम शर्त निर्धारण गर्नेछौँ र हाम्रो साझा स्थितिलाई आकार दिनेछौँ ।” उनले भने, “यी पदहरू संयुक्त राज्य अमेरिकामा हाम्रा साझेदारहरूलाई प्रस्तुत गरिनेछ।”