बिहिबार सुनचाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     फागुन २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले बढेको छ । चाँदीमा रुपैयाँ ३५ ले बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसघि बुधबार छापावाल सुन तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३५ ले बढेर तोलाको १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबा सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।