पहिलाे दिन सुनकाे भाउ बढ्याे, चाँदीकाे स्थिर

-



     सफल आवाज    
     फागुन २५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २५ फागुन । साताकाे सुनचाँदीकाे काराेबार हुने पहिलाे दिन आज आईतबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीकाे भाउ स्थिर रहेकाे छ ।

यसदिन छापावाल सुनकेा भाउ प्रतितोला रुपैयाँ १ सयले बढेको हाे भने चाँदीको मूल्य शुक्रबारकै कायम गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार यसदिन छापावाल सुनमा प्रतितोला रूपैयाँ १ सयले बढेर ताेलाकाे १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअिघशुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा घट्बढ भएको छैन । चाँदीकाे भाउ स्थिर रहेर साेहि भाउका काराेबार भइरहेकाे छ । यसअनुसार चाँदी ताेलाकाे एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भइरहेकाे महासंघले जनाएकाे छ ।